दफा १३
आर्थिक पक्ष

१३. आर्थिक पक्ष

यस नीतिमा भएका व्यवस्थाहरू कार्यान्वयन गर्न नियमित बजेट परिचालन गरिनुका साथै प्रगतिका आधारमा बजेटको आकार वृद्धि गर्दै लगिने छ । स्थानीय तहमा सहकारी संघ संस्थाको विकास र विस्तारका लागि स्थानीय निकाय तथा विकास साझेदारहरूको सहयोग समेत परिचालन गरिने छ । ठूला लगानीका लागि साझेदारीको अवधारणा उपयोगमा ल्याइने छ । जनशक्ति तथा सहकारीका पूर्वाधार विकासको क्षेत्रमा दातृ निकायहरूको सहयोग समेत परिचालन गरिने छ ।